परिचय
महेश छात्र परिषद् भरतपुर महानगरपालिका वडा नं. ११, बसेनी, चितवनमा रहेको गैरनाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी सामाजिक संस्था हो । यो परिषद् महेश संस्कृत गुरुकुल, देवघाटधामसँग सम्बद्ध विद्यार्थीहरूको साझा मञ्च हो ।
हाम्रा उद्देश्य
- विद्यार्थीहरूबीच पारस्परिक समन्वय स्थापित गर्दै सर्वतोमुखी विकासका लागि अग्रसर रहने ।
- संस्कृत भाषा र संस्कृत शिक्षाप्रति विश्वसमाजलाई जिज्ञासु बनाउने ।
- वैदिक वाङ्मय एवम् पौरस्त्य दर्शन र साहित्यका सन्दर्भमा समाजलाई उद्बोधित गर्ने ।
- वैदिक सनातन धर्म, संस्कृत र संस्कृतिको संरक्षण र संवर्द्धनमा प्रयत्नशील रहने ।
- ‘उदारचरितानां तु वसुधैव कुटुम्बकम्’, ‘सङ्गच्छध्वं संवदध्वम्’ को भावनाअनुरूप नैतिकवान नागरिक उत्पादन गर्न प्रयत्न गर्ने ।